सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशले वृद्धि

admin

काठमाडौं, १५ जेठ : सरकारले वृद्धभत्तालगायत सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशले वृद्धि गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा वक्तव्यमा सामाजिक सुुक्षा भत्ता ३३ प्रतिशले वृद्धिको घोषणा गर्नुभएको हो ।

सामाजिक सुरक्षाका लागि सरकारले रु १ खर्ब बिनियोजन गरेको छ । वाम गठबन्धनले गत चुनावी घोषणापत्रमा मासिक रु पाँच हजारसम्म भत्ता दिने उद्घोष गरेको थियो । त्यस्तै युवाहरुले शैक्षिक प्रमाणपत्र धितो राखेर अधिकतम ५ प्रतिशत ब्याजदरमा २५ लाखसम्म ऋण निकाल्न पाउने व्यवस्था बजेटले गरेको छ ।

त्यस्तै सरकारले आर्थिक वर्ष २०७८-०७९ मा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट छुट्याएको अर्थमन्त्री पौडेलले बताउनुभयो । विश्वमा महामारीका रुपमा फैलिएको कोभिड–१९ ले श्रम बजारमा पारेको प्रभावलाई मध्यनजर गर्दै बजेट निर्धारण गरिएको अर्थमन्त्री पौडेलले बताउनुभयो ।

प्रतिक्रिया