भक्तपुरमा अन्तर्राष्ट्रिय स्तरको आधुनिक वीर अस्पताल बन्ने

admin

 भक्तपुर,  १५ जेठ : जिल्लाको चाँगुनारायण नगरपालिको दुवाकोटमा अन्तर्राष्ट्रिय स्तरको आधुनिक वीर अस्पताल निर्माण हुने भएको छ ।

आगामी तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी आर्थिक वर्ष २०७८/७९ भित्रमा डिपीआर तयार गरी सक्ने र तीन वर्षभित्रमा निर्माण गरिसक्ने अर्थमन्त्री विष्णु पौडेलले बजेट बक्तव्य मार्फत जानकारी गराउनुभयो । अस्पतालमा वर्तमान समय तथा अन्तर्राष्ट्रिय स्तरका प्रविधिहरुको प्रयोग गरिने भएको छ ।

दक्ष जनशक्तिको माध्यमबाट अस्पताल सञ्चालन हुने भएको छ । अस्पताललाई राष्ट्रिय गौरवको आयोजनाको माध्यमबाट सञ्चालन हुने समेत भएको छ ।

उक्त असपतालमा पुग्न यातायातको सहजिकरणको लागि अस्पतालसम्म जाने जडिबुटी मनोहरामा चार चार लेनको करिडोर निर्माण गर्ने गरिने मन्त्री पौडेलले बताउनुभयो ।

प्रतिक्रिया