कोरोनाले ज्यान गुमाएकाका छोराछोरीलाई छात्रवृत्ति

admin

काठमाडौं, १५ जेठ : सरकारले कोरोनाबाट ज्यान गुमाएकाहरुका सन्तानलाई छात्रवृत्ति दिने घोषणा गरेको छ । आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले शहीद, एचआईभीबाट ज्यान गुमाएका, गरिबसँगै कोरोनाबाट ज्यान गुमाएकाका छोराछोरीलाई पनि छात्रवृत्ति उपलब्ध गराउने जानकारी दिनुभएको हो ।

यस्तै सरकारले १३ जिल्लामा आवासीय विद्यालय सञ्चालन गर्ने भएको छ । आउँदो दुई वर्षभित्र सबै सामुदायिक विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्‍याइने र नेपाल टेलिभिजनबाट शैक्षिक च्यानल सञ्चालन गरिने पनि अर्थमन्त्रीले जानकारी दिनुभयो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बजेटमा ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई बिस्तार गरेर कक्षा कोठा, प्राविधिक शिक्षकको व्यवस्था, शिक्षक तालिम, विज्ञान प्रयोगशाला, सूचना प्रविधि ल्याब, खेल मैदान र खेल सामाग्रीको व्यवस्था गरिने जानकारी पनि अर्थमन्त्री पौडेलले दिनुभयो ।

प्रतिक्रिया