मेलम्ची खानेपानी आयेजनाका लागि रु ३ अर्ब ५१ करोड विनियोजन

admin

काठमाडौं, १५ जेठ : सरकारले मेलम्ची खानेपानी आयेजनाका लागि रु तीन अर्ब ५१ करोड रकम विनियोजन गरेको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को लागि आयव्यय विवरण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडलले मेलम्ची खानेपानी आयोजनाका लागि उक्त रकम विनियोजना गरिएको बताएका हुन् ।

त्यस्तै, उनले आगामी वर्ष सबै नागरिकलाई आधारभूत खानेपानी तथा सरसफाई सेवा पु¥याइने बताउँदै ‘एक घर एक धारा’को अवधारणा कार्यान्वयन गरी गुणस्तरीय खानेपानी सेवाको पहुँच विस्तार गरिने बताए ।

यसका साथै उनले खानेपानीको दीगो व्यवस्थापन गर्न उपभोक्ता समितिको क्षमता अभिवृद्धि गरिने र मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरण अन्तर्गत लार्के र यङ्ग्री खोलाबाट दैनिक ३४ करोड लिटर खानेपानी प्रणालीमा थप गर्न आगामी आर्थिक वर्षमा सुरुङलगायत अन्य पूर्वाधार निर्माण कार्य आरम्भ गरिने बताए ।

उक्त आयोजनाको निर्माण कार्य तीन वर्षभित्र सम्पन्न गरिने बताउँदै उनले काठमाडौं उपत्यकाको खानेपानी वितरण प्रणालीमा उल्लेख्य सुधार गरिने बताए ।

प्रतिक्रिया