युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट

admin

काठमाडौं, १५ जेठ : सरकारले आगामी आर्थिक बर्ष २०७८–७९ लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।


शनिबार अध्यादेश मार्फत नयाँ आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले समूदाय स्तरबाटै खेलकुदलाई प्रोत्साहन गर्न, पूर्वाधार निर्माण र प्रतिभावान खेलाडीको पहिचान गर्न बजेट बिनियोजन गरिएको बताउनुभयो ।

झापामा मदन भण्डारी रंगशाला निर्माणका लागि बजेट विनियोजन गरिएको छ भने मूलपानी, लमही लगाएतका क्रिकेट रंगशालाका लागि पनि बजेट छुट्याएको अर्थमन्त्री पौडेलले बताउनुभयो ।

यसैगरी पोखरा रंगशाला निर्माण कार्य पुरा गरिने र खेल क्षेत्रबाट विदा भएका खेलाडीहरुलाई सहुलियतमा ऋण उपलव्ध गराउने मन्त्री पौडेलले बताउनुभयो । त्यस्तै हाई अल्टिच्यूड स्पोर्टस सेन्टर निर्माणका लागि बजेट विनियोजन गरिएको छ भने खेल पर्यटन मार्फत आर्थिक विकासको लक्ष्य पनि लिइएको छ ।

प्रतिक्रिया