ठाकुरद्वारा यादवसँग दोस्रो पटक स्पष्टीकरण, चित्त बुझ्दो स्पष्टीकरण नदिए पार्टीबाटै निष्कासन

admin

काठमाडौं, १६ जेठ : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवसँग दोस्रो पटक स्पष्टीकरण मागेका छन् ।

शनिबार दोस्रो पटक विज्ञप्ति जारी गर्दै अध्यक्ष ठाकुरले २४ घण्टाभित्र चित्त बुझ्दो र सन्तोषजनक जवाफ नदिए यादवलाई राजनीतिक दल सम्बन्धी एने, २०७३ र जनता समाजवादी पार्टीको आन्तरिक विधान २०७७ बमोजिम निष्कासन गरि कारबाही गर्ने चेतावनी दिएका छन्

यादवले पार्टी विधान तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १८ ९१०, ९२०, ९३० र पार्टी विधानक विपरित काम गर्नुभएको विज्ञप्तिमा बताइएको छ ।

यता अध्यक्ष उपेन्द्र यादवले पनि महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित चार जना नेतासँग पनि दोस्रो पटक स्पष्टीकरण सध्नुभएको छ । यसअघि अध्यक्ष ठाकुरले जेठ ११ गते तीन दिनको समय दिएर पहिलो स्पष्टीकरण मागेका थिए ।

प्रतिक्रिया