सेनालाई सत्ता हातमा लिन स्वतन्त्र नागरीक समाजको अपिल

admin

काठमाडौं, १६ जेठ : बर्तमान ब्यबस्था पुर्णतया असफल भएको भन्दै स्वतन्त्र नागरीक समाजले सेनालाई सत्ता हातमा लिन अपिल गरेको छ।

स्वतन्त्र नागरीक समाजका अध्यक्ष हेमबिक्रम सिलवालले शुक्रबार एक बिज्ञप्ति जारी गर्दे बर्तमान संकटको निबारण गर्ने एकमात्र बिकल्प अब सेनाको नेतृत्वमा नागरिक सरकार रहेको बताएका छन। ‘अहिलेको नेपालको अवस्था राज्य असफल भएको अवस्था हो ।

कोरोना महामारीको नियन्त्रणमा सरकार पूर्णतः असफल साबित भयो । सत्ता संचालनमा दुई तिहाई बहुमतको कम्युनिष्ट सरकार असफल प्रमाणित भईसक्यो । कुनै पनि सार्वभौम राज्य असफलताको चरणबाट गुज्रिनु भनेको सैन्य हस्तक्षेप र नागरिक जनविद्रोहको अवस्था आउनु हो।

’बिज्ञप्तिमा भनीएको छ,‘ यस्तो बिषम परिस्थितिमा देशको मेरुदण्ड र रक्षक तथा जनताको सबैभन्दा विश्वासिलो संस्था नेपाली सेना चुप लागेर बस्न मिल्दैन । अब सेना जनविरोधी सरकार र राजयसत्ताका विरुद्ध विद्रोह र प्रतिकारमा उत्रनुपर्छ । जनताले सेनाको साथमा उत्रनुपर्छ । सेना र जनता मिलेर नयाँ व्यवस्थाको विकल्पमा जानुपर्छ ।’साथै उनले नेपाली सेनाले पहलकदमी लिन ढिलाई गर्न नहुने समेत बताएका छन।

हेर्नुहोस बिज्ञप्तिः
नेपाली सेनालाई नागरिकको अपिल ।
अहिलेको नेपालको अवस्था राज्य असफल भएको अवस्था हो । कोरोना महामारीको नियन्त्रणमा सरकार पूर्णतः असफल साबित भयो । सत्ता संचालनमा दुई तिहाई बहुमतको कम्युनिष्ट सरकार असफल प्रमाणित भईसक्यो । कुनै पनि सार्वभौम राज्य असफलताको चरणबाट गुज्रिनु भनेको सैन्य हस्तक्षेप र नागरिक जनविद्रोहको अवस्था आउनु हो ।

अहिले नेपालमा नागरिक विद्रोह र सैन्य हस्तक्षेप निर्विकल्प भैसक्यो । स्वतन्त्र नागरिक समाजले नागरिक विद्रोहको अन्तिम तयारी गरिरहेको छ । वर्षात मौसम, मानो रोपेर मुरी फलाउनु पर्ने कृषिप्रधान देशमा अहिले सरकारले महामारीको बहानामा संभावित नागरिक बिद्रोह रोक्नैका लागि स्वास्थ्य संकटकालको चेतावनी दिईरहेको छ । निषेधाज्ञा कडाईका नाममा विरोधी र नागरिकलाई नजरबन्दको अवस्थातिर धकेलिरहेको छ ।

त्यसैले एकातिर कोरोनाको महामारी अर्कोतिर सरकारको निषेधाज्ञाका कारण नागरिकहरु दोहोरो मारमा परेका छन । रोगको उपचार नपाउने, निषेधाज्ञाका कारण गरिखान नपाउने राज्यप्रति नागरिकको आशा र भरोसा अब टुटेको छ । सरकार र राज्यप्रति विश्वास टुटेका जनताले गर्ने अन्तिम प्रयाश जनविद्रोह नै हो । स्वतन्त्र नागरिक समाज अब वारपार गर्नेगरी नागरिक बिद्रोहको आँधिबेहरी ल्याउने तयारीमा छ ।

यस्तो बिषम परिस्थितिमा देशको मेरुदण्ड र रक्षक तथा जनताको सबैभन्दा विश्वासिलो संस्था नेपाली सेना चुप लागेर बस्न मिल्दैन । अब सेना जनविरोधी सरकार र राजयसत्ताका विरुद्ध विद्रोह र प्रतिकारमा उत्रनुपर्छ ।

जनताले सेनाको साथमा उत्रनुपर्छ । सेना र जनता मिलेर नयाँ व्यवस्थाको विकल्पमा जानुपर्छ ।
स्वतन्त्र नागरिकहरुले अब सेनासंग नै हो अन्तिम गुहार माग्ने । सेनाले पनि नागरिक चित्कार र गुहार सुन्नुपर्छ । सेना र नागरिक मिलेर अब नयाँ कदम चाल्नुपर्छ । सेना मार्फत नागरिक सरकार स्थापना गरेर यो असफल सरकारलाई बिस्थापित गर्न र नागरिक नेतृत्वमा नयाँ सरकार गठन गर्न अब ढिलो गर्नु हुदैन ।

हेम बिक्रम सिलवाल
संयोजक
स्वतन्त्र नागरिक समाज
पाटनढोका, ललितपुर

प्रतिक्रिया