इराकसँगको फराकिलो हारको दोष अलमुताइरी आफैले लिने

admin

काठमाडौं, १६ जेठ : नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इराकसँगको फराकिलो हारको दोष आफूले लिने बताएका छन् । गएराति भएको खेलमा इराकसँग ६-२ गोल अन्तरले पराजित भएपछि प्रशिक्षक अलमुताइरीले हारमा आफू दोषी भएको भन्दै खेलाडीमाथि दबाब नदिन आग्रह गरेका छन् ।

उनले सबै कुरा राम्रो हुने भन्दै प्रतिक्षा गर्न पनि आग्रह गरेका छन् । २-१ गोलअघि भएको बेलामा जितका लागि राम्रो अवसर भए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा हार ब्यहोरेको उनले बताएका छन् । यो खेलबाट नेपाली समर्थकलाई धेरै खुसी दिन नसके पनि आउने दिनमा नेपाली समर्थकलाई खुसी बनाउने उनको भनाइ छ ।

प्रतिक्रिया