ग्यासको सिलिन्डर पड्किँदा आमा-छोरा घाइते

admin

चितवन, १६ जेठ : भरतपुर महानगरपालिका १० स्यालीबजारमा खाने पकाउने ग्यासको सिलिन्डर पड्किँदा आमा छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ग्यास पड्किँदा ३४ वर्षीया शर्मिला आचार्य र उनका १६ वर्षीय छोरा आयुष घाइते भएका हुन् ।

घाइते दुवै जनाको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । खाना बनाउने क्रममा ग्यास पड्किएपछि घरमा आगलागी भएको हो । आगो स्थानीयवासी, प्रहरी र दमकलको सहायताले निभाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया