कारोबार रकममा आज फेरि नयाँ रेकर्ड

admin

काठमाडौं, १६ जेठ : शेयर बजार कारोबार हुने हप्ताको पहिलो दिन (आज) आइतबार एकै दिन १७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएसँगै नयाँ रेकर्ड कायम भएको छ । यसअघि पौने १५ अर्ब रुपैयाँ कारोबार भएर रेकर्ड कायम राखेकोमा त्यो रेकर्ड तोड्दै आइतबार १७ अर्ब दुई करोड रुपैयाँ बराबरको चार करोड २६ लाख कित्ता शेयर किनबेच भएको हो ।

यस्तै आइतबार नेप्से परिसूचक पनि साढे १२ अङ्कले बढेको छ । परिसूचक १२ दशमलव ५४ अङ्कले बढेर २८२७ दशमलव ०३ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । व्यापार, उत्पादन, माइक्रोफाइनान्स, लगानी र अरू समूहबाहेकका समूहको परिसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूहको परिसूचक दुई सय ५५ दशमलव २५ अङ्कले बढेको छ ।

आइतबार सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको ४७ करोड ४० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै ज्योति विकास बैंक लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडलगायत १६ कम्पनीको शेयर मूल्य पनि नौ प्रतिशतभन्दा धेरैले बढेको छ । वरुण हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य भने साढे ६ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया