थाइल्यान्ड राजपरिवारद्वारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण

admin

काठमाडौं, १६ जेठ : थाइल्यान्डको राजपरिवारले कोरोना भाइरस संक्रमणको महामारीविरुद्ध लड्न नेपाललाई सहयोग गरेको स्वास्थ्य सामग्री आइतबार बिहान नेपाल आइपुगेको छ । थाई राजपरिवारले पठाएको स्वास्थ्य सामग्री प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

थाई राजपरिवारले १० लाख थान सर्जिकल मास्क, पीपीई गाउन ११ हजार पाँच सय २० थान, फेस शिल्ड पाँच हजार थान, अक्सिजन कन्सन्ट्रेटर आठ थानलगायत स्वास्थ्य सामग्री नेपाललाई सहयोग गरेको हो ।

त्रिभुवन विमानस्थलमा आयोजित एक समारोहका बीच नेपालका लागि थाई राजदूत भोषिता भोरासाफले स्वास्थ तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीलाई ती सामग्री हस्तान्तरण गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्री त्रिपाठीसँगै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ पनि सहभागी थिए ।

प्रतिक्रिया