आज छ हजार दुई सय पाँच जना कोरोनामुक्त, एक सय नौ जनाको ज्यान गयो

admin

काठमाडौं, १६ जेठ : आइतबार देशभर चार हजार तीन सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १० हजार नौ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार सात सय दुई र ६ सय ६७ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ६ सय ६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

केही दिनयता परीक्षणको मात्रा पनि घटाइएको छ । एकै दिन झन्डै २० हजारसम्मको नमुना परीक्षण हुने गरेकोमा अहिले त्यसको आधा १० हजार हाराहारीमा परीक्षण हुँदै आएको छ । आइतबार थपिएकामध्ये काठमाडौं उपत्यकामा एक हजार ९३ जना रहेका छन् ।

काठमाडौंमा आठ सय चार जना, भक्तपुरमा एक सय १३ जना र ललितपुरमा एक सय ७६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बितेको २४ घण्टामा ६ हजार दुई सय पाँच जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिले निको हुने दर ७९ दशमल २ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा देशभर एक सय नौ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

प्रतिक्रिया