विवेकशील साझाका नेता उज्वल थापाको स्वास्थ्य थप जटिल

admin

काठमाडौं, १६ जेठ : विवेकशील साझा पार्टीका नेता उज्वल थापाको स्वास्थ थप जटिल बन्दै गएको छ । थापालाई सबै विधिको प्रयोग गरी उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार हुन नसकेको विवेकशील साझा पार्टीकी नेत्री रञ्जु दर्शनाले जानकारी दिएकी छिन् ।

कोरोना संक्रमित भई बिरामी परेका थापाको करिब दुई सातादेखि ह्याम्स, ग्रान्डी अस्पतालमा हुँदै विगत तीन दिनदेखि मेडिसिटी अस्पतालमा उपचार उपचार भइरहेको छ ।

प्रविधिबाट विशेषज्ञसहितको सल्लाहमा पछिल्लो समय एस्मो विधिबाट उपचार भइरहेको भएपनि स्वास्थ्यमा कुनै सुधार नआएको दर्शनाले बताएकी छिन् । उनको अवस्था थप जटिल बन्दै गएको उनले जानकारी दिइन् ।

प्रतिक्रिया