एमालेका बुढा पात र कुहिएका हाङ्गा झरेर पार्टी झन् बलियो भयोः नेता बस्नेत

admin

काठमाडौं, १६ जेठ : नेकपा एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले पार्टीभित्रका केही बुढा पात र कुहिएका हाङ्गाहरु झरेर गएकाले पार्टी झनै एकिकृत, बलियो तथा मजवुद भएको बताउनुभएको छ ।

एमालेलाई पार्टी विभाजनको अवस्थामा पुर्याई मुलुकलाई तहस नहस बनाउने तथा लोकतान्त्रीक पद्धति, बहुदलीय व्यवस्थालाई नै समाप्त पार्न गरि पूर्वएमालेका नेता माधव कुमार नेपाल, झलनाध खनाल, डा. भिम रावललगातका केही नेताहरुलाई समयमा नै बुझन नसक्दा समस्या भएको उहाँले बताउनुभयो ।

विगतमा पार्टीभित्रका बुढा पात तथा कुहिएका हांगाहरुलाई छिराल्ने प्रवृक्ति नभएका कारण एमालेमा अहिलेको अवस्था आएको उल्लेख गर्दै नेता बस्नेतले जनमत गुमेका माधवका केही नेताहरुले गर्दा पार्टी विभाजन भएको दावी गर्नुभयो । माधव समूहकै जनमत भएका नेताहरु ‘पार्टी विभाजन गरी घरको खाना नमिठो र छिमेकीको चाही मिठो’ भन्ने पक्षमा नभएको स्पष्ट पार्दै नेता बस्नेतले पार्टी विभाजन हुने नभई केही सानो टुक्रा चोइटिएर जाने बताउनुभयो ।

पार्टीका अध्यक्ष केपी ओलीको अद्भुत साहस र क्षमताका धनी नएर एमाले पहिले नै ध्वस्त भइसक्ने अवस्थाको स्मरण गराउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका नेता बस्नेतले माधव समूहका केही नेता नेपाली कम्युनिष्ट आन्दोलनका कलंकको रुपमा स्थापीत भएको र त्यसलाई जनताले गंभिर रुपमा मुल्याङ्कन गर्ने समेत बताउनुभयो ।

एमालेलाई पार्टी विभाजन गरी केही टुक्रा लिएर माओवादीसँग पार्टी एकता गर्नु स्वयम् मावध नेपाल तथा झलनाथ खनाल समूहको राजनीतिक भविष्य अन्धकार हुने दावी गर्दै उहाँले प्रचण्ड पार्टी एकता गर्ने नभई आफ्नो स्वार्थ पुरा भएपछि पार्टी तोड्ने र फोड्नेको नेतामात्र भएको स्पष्ट पार्नुभयो ।

प्रचण्डको योजनामा एमालेका माधव समूह लगेर पार्टी एकता गर्ने भनेको गोहीको आखाँको आशु जस्तो मात्र भएको उल्लेख गर्दै गोहीले आँशु बगाए पनि सिकार देख्यो भने खाइहाल्ने प्रवृक्ति रहेको दावी गर्नुभयो ।

प्रतिक्रिया