फेरि सर्‍यो एमाले स्थायी कमिटी बैठक

admin

काठमाडौं, १७ जेठ : नेकपा एमालेको स्थायी कमिटी बैठक फेरि सरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान १० बजे बोलाइएको बैठक (भोलि) मंगलबार बिहान ११ बजे मात्र बस्ने भएको हो । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले शीर्ष नेताको व्यस्तताका कारण बैठक सारिएको जानकारी दिए ।

(हिजो) आइतबार साँझ ५ बजे तय गरिएको बैठक सोमबार बिहान १० बजेका लागि सारिएको थियो । बैठकमा शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने बताइएको छ ।

यस्तै सोमबार लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको उपचुनाव पनि भइरहेको छ । लुम्बिनी प्रदेशमा भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनको मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ ।

प्रतिक्रिया