लगातार बढिरहेको शेयर बजार परिसूचक नेप्से आज घट्यो

admin

काठमाडौं, १७ जेठ : केहीदिन यता लगातार बढिरहेको शेयर बजार परिसूचक नेप्से सोमबार भने घटेको छ । कारोबार भएका सबै कम्पनीको शेयर ओरालो लागेपछि नेप्से ४५ दशमलव २५ अङ्कले घटेर २७ सय ८२ दशमलव ६८ विन्दुमा झरेको छ । बैंकिङ समूहको शेयर आज १९ अङ्कले घटेको छ ।

यस्तै व्यापारको एक सय ६८ अङ्कले, विकास बैंकको ५७ अङ्कले, जलविद्युतको एक सय २९ अङ्कले, निर्जीवन बीमाको तीन सय ८० अङ्कले, जीवन बीमाको तीन सय ५६ अङ्कले र उत्पादन समूहको शेयर एक सय तीन अङ्कले घटेको छ ।

सोमबार कारोबार रकम पनि घटेको छ । (हिजो) आइतबार १७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएकोमा सोमबार १३ अर्ब ९० करोड रुपैयाँ बराबरको तीन करोड आठ लाख कित्ता शेयर किनबेच भएको छ । सबैभन्दा धेरै राधी जलविद्युत् कम्पनीको ९१ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भयो ।

सोमबार वरुण हाइड्रोपावर कम्पनीको शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि राधी जलविद्युत् र सेन्ट्रल फाइनान्सको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया