चीनबाट आज आइपुग्दै आठ लाख डोज खोप

admin

काठमाडौं, १८ जेेठ : चीनले अनुदानमा दिने भनेको १० लाख डोज कोरोनाविरुद्धको खोप मंगलबार दिउँसो नेपाल आइपुग्ने भएको छ। आज ८ लाख डोज चीनको राजधानी बेइजिङबाट आउने जनाएइको छ।

चीन सरकारद्वारा अनुदान प्राप्त खोपमध्ये ८ लाख डोज लिन नेपाल वायुसेवा निगमको काठमाडौं–बेइजिङ–काठमाडौं मेडिकल कार्गो उडान सोमबार राति ११ बजे बेइजिङ प्रस्थान गरेको छ।

सो विमानले मंगलबार २ बजेसम्म ८ लाख खोप नेपाल ल्याउने विमानस्थल कार्यालयले जनाएको छ। चीनबाट भेरोसिल खोप नेपाल आउने बताउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो खोप ज्येष्ठ नागरिकलाई लगाइने बताए

त्यसैगरी, उच्च जोखिम समूहमा रहेकालाई खोप उपलब्ध गराइने जनाइएको छ। संक्रमण जोखिम हेरेर ठाउँ विशेषमा खोप लगाउन सकिने र राष्ट्रिय खोप कार्ययोजनाअनुसार अभियान अघि बढ्ने मन्त्रालयको भनाइ छ।

प्रतिक्रिया