सुनको मूल्य ९४ हजार ५०० पुग्यो

admin

काठमाडौं, १८ जेठ : मंगलबार सुनको मूल्य ९४ हजार ५०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबारको तुलनामा प्रतितोला थप एक सय रुपैयाँले वृद्धि हुँदै मंगलबार सुन अधिकतम ९४ हजार ५०० रुपैयाँ पुगेको हो ।

यस्तै मंगलबार तेजाबी सुनको मूल्य समेत प्रतितोला ९४ हजार पुगेको छ । महासंघका अनुसार मंगलबार चाँदी मूल्य समेत प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै एक हजार ३७० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया