बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्दै

admin

काठमाडौं, १८ जेठ : नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरमा बैठक बस्ने नेता सुवास नेम्वाङले जानकारी दिएका छन् । बैठकमा अध्यादेशबाट ल्याएको बजेटको समीक्षा र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदसँग मागिएको स्पष्टीकरणका सन्दर्भमा थप छलफल हुनेछ ।

file photo

यस्तै कोभिड संक्रमणको विषय तथा आउँदो रणनीतिको विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् । स्थायी कमिटी बैठकअघि एमालेका दोस्रो तहका नेताले सहमतिको प्रयास स्वरुप छलफल गरेका थिए । यसअघि आइतबार बेलुका ५ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको थियो ।

प्रतिक्रिया