चीनले अनुदानमा दिएको खोप २५ गतेदेखि ६० देखि ६४ वर्षका नागरिकलाई लगाइने

admin

काठमाडौं, १८ जेेठ : चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको भेराेसेल खोप आउँदो २५ गतेदेखि ६० देखि ६४ वर्षका नागरिकलाई लगाउने सरकारले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अनुदानमा आएको खोप आउँदो २५ गतेदेखि लगाइने छ । नागरिकले खोप लगाउन जाँदा सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस लैजानुपर्नेछ ।

चीनले यसअघि पनि आठ लाख डोज खोप अनुदानमै दिएको थियो । चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये नाै लाख डोज खोप आज काठमाण्डौ आइपुगेको छ ।

एक लाख डाेज भाेलि आइपुग्ने भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अनुदानमा खोप दिने घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया