फेरि बढ्यो डलरको मूल्य, कुन देशको मुद्राको मूल्य कति ? सूचीसहित

admin

काठमाडौं, १९ जेठ : नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य मंगलबारको भन्दा बढेको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर ११५ रूपैयाँ ८८ पैसा रहेकोमा आज बढेर ११६ रूपैयाँ ३४ पैसा पुगेको छ । यसको बिक्रीदर ११६ रुपैयाँ ९४ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ २७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ९७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८२ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

प्रतिक्रिया