फ्रान्सबाट कोरोनाविरुद्धका सामग्री नेपाल आइपुग्यो

admin

काठमाडौं, १९ जेठ : फ्रान्स सरकारले नेपाललाई सहयोग गरेको कोरोना महामारीविरुद्धको सामग्री बोकेर विशेष जहाज काठमाडौं आइपुगेको छ । नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइस जाभियर लेजरले त्रिभुवन विमानस्थलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयस त्रिपाठीलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

फ्रान्सले पाँच लाख चार हजार मास्क, २० हजार एन्टीजेन किट, १२ हजार चस्मा लगायतका सामग्री नेपाल पठाएको हो । स्वास्थ्यमन्त्री त्रिपाठीले सहयोगको लागि फ्रान्स सरकार र त्यहाँका नागरिकलाई धन्यवाद दिएका छन् । स्वास्थ्यमन्त्री त्रिपाठीले फ्रान्स र युरोपेली युनियनलाई कोरोना विरुद्धको खोपको लागि सहजीकरण गरिदिन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया