नवलपरासी चौधरी समूहको उद्योगमा भीषण आगलागी

admin

नवलपरासी, १९ जेठ : नवलपरासी पूर्व नवलपुरको देवचुली नगरपालिकामा रहेको चौधरी समूह (सीजी)को उद्योगमा आगलागी भएको छ । बुधबार बिहान उद्योग परिसर अन्तर्गत सीजी ब्रुअरी नेपाल प्रालीको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिए ।

आगो नियन्त्रणका लागि अहिले तीनवटा दमकल प्रयोग गरिएको छ । आगो अझै नियन्त्रणमा आउन सकेको छैन् । आगलागी के कारणले भएको भन्ने समेत अझै खुलेको छैन । जिल्लाको देवचुली-२ मा रहेको चौधरी उद्योगग्रामअन्तर्गत नेपाल आइस बियर प्लान्टमा आगलागी भएको गिरीले बताए ।

आगलागी नियन्त्रणका लागि चितवनको भरतपुरबाट गएको नेपाली सेना, कावासोती नगरपालिका र चितवनको खैरहनी नगरपालिकाको वारुणयन्त्रले प्रयास गरिरहेको गिरीले बताए । आगलागी भएको स्थानमा सिजी ग्रुपका प्रमुख एवं निवर्तमान सांसद विनोद चौधरीसमेत पुगेका छन् । आगलागीका कारण कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया