चीनमा पहिलो पटक ४१ वर्षीय पुरुषमा दुर्लभ प्रकारको बर्ड फ्लु पुष्टि

admin

एजेन्सी, १९ जेठ : चीनमा एक ४१ वर्षीय पुरुष बर्ड फ्लुको एउटा दुर्लभ प्रकारबाट संक्रमित भएको पाइएको छ । NH10N3 (एच१०एन३) नाम दिइएको भाइरस पहिलो पटक कुनै मानिसमा पुष्टि भएको यो पहिलो घटना बताइएको छ । अधिकारीहरुले ती व्यक्ति कसरी संक्रमित भए भन्नेबारेमा कुनै जानकारी दिएका छैनन् । तर यस प्रकारको भाइरस मानिसबाट मानिसमा सजिलै नसर्ने विश्वास गरिएको छ ।

file photo

जाङ्सु प्रान्तका ती व्यक्तिमा गएको हप्ता संक्रमणको पहिचान भएको थियो । अहिले ती व्यक्ति उपचारपछि निको भएको र उनलाई चाँडै नै डिस्चार्ज गरिने अधिकारीहरुले बताएका छन् । बर्ड फ्लुका अनेक प्रकार छन् र कुखुरा पालन गर्ने मानिसमा बर्ड फ्लु संक्रमण पुष्टि भएको घटना कहिलेकाहीँ सुनिन्छ ।

तर कन्ट्याक्ट ट्रेसिङ गर्दा ती व्यक्तिको सम्पर्कमा आएका अन्य व्यक्तिमा बर्ड फ्लु देखिएन । बेइजिङमा रहेको राष्ट्रिय स्वास्थ्य आयोग (एचएचसी)ले मंगलबार बताएअनुसार संक्रमण पुष्टि भएका ती व्यक्तिलाई गएको अप्रिल २८ मा भर्ना गरिएको र त्यसको एक महिनापछि उनमा बर्ड फ्लु गराउने भाइरसको एएच१०एन३ प्रकारबाट संक्रमण भएको पुष्टि भयो ।

प्रतिक्रिया