आज सात हजारभन्दा धेरै कोरोनामुक्त, थप एक सय एक जनाको ज्यान गयो

admin

काठमाडौं, १९ जेठ : बुधबार नेपालमा सात हजार दुई सय १९ जना कोरोना संक्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या चार लाख ६१ हजार पाँच सय ६३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिए ।

यस्तै बितेको २४ घण्टामा पाँच हजार तीन सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार आठ सय पाँच जनाको पीसीआर परीक्षण गर्दा चार हजार पाँच सय २४ जना र तीन हजार ७३ जनाको एन्टिजेन परीक्षण गर्दा सात सय ९२ जनामा संक्रमण पुष्टि भएको हो । बितेको २४ घण्टामा गरिएको कुल परीक्षणमध्ये ३२ दशमलव सात प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसमध्ये सबैभन्दा धेरै कर्णाली प्रदेशमा सबैभन्दा धेरै ५८ दशमलव २६ प्रतिशत नमुनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै बितेको २४ घण्टामा तथा यसअघिका विवरणसहित गरी एक सय एक जनाको ज्यान कोरोना संक्रमणका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ । अहिले नेपालमा एक लाख एक हजार नौ सय ९३ सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया