काठमाडौं, १९ जेठ : भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले रेल सञ्चालनको लागि सबै तयारी पुरा भएको बताएको छ। मन्त्री वसन्त कुमार नेम्वाङले रेल सञ्चालनको लागि निषेधाज्ञा मात्रै अवरोध भएको दाबी गरे।
‘हामीले रेल सञ्चालन गर्नको लागि कर्मचारीको व्यवस्थपन गरिसकेका छौं,’ उनले भने ‘रेल अध्यादेश ल्याएर कानुनी बाटोपनि खुलेका छौं। अब निषेधाज्ञा माहामारी कमभएसँगै रेल चल्छ।’ उनले आगामी वर्ष जयनगर देखी बर्दिबाससम्मै रेल सञ्चालन हुने बताएका छन्।
‘पूर्वपश्चिम रेलमार्ग र वर्दिवास–जयनगर रेल सञ्चालनको लागि आवश्यक रेल स्टेसन वर्दिबासमा निर्माण हुँदै छ,’ उनले भने ‘आगामी वर्ष जग्गा प्राप्ती गरी रेल स्टेसनको काम अघि बढ्ने बताएका छन्।’ पूर्वपश्चिम रेलमार्ग, काठमाडौं–रक्सौल र केरुङ–काठमाडौं रेलमार्गको डिपिआर तयार हुने बताएका छन्। उनले यातायात क्षेत्रलाई व्यवस्थीत गर्न इम्बोड नम्बर ७ वटै प्रदेशमार्फत वितरण गरिने बताए।
नेपालमा विद्युतीय गाडीको प्रवद्र्धन गर्न ५ सय स्थानमा चार्जिङ स्टेसन निर्माण गरिने छ। नेम्वाङले पानी जहाज विधेयकको मस्यौदा तयार भएको बताएका छन्। उनले नेपाली झण्डा बोकेको जहाज विदेशसम्म जान सक्नेगरी मस्यौदा तयार भएको बताए। उनले कोशीमा जलमार्ग विस्तारको लागि खुवालुङको ढुङ्गा नफुटाइ विस्तार हुने बताए।