प्रधानमन्त्रीको कदम विरुद्ध निषेधाज्ञामा पनि मसाल जुलुश

admin

सप्तरी,राजविराज, १९ जेठ : प्रधानमन्त्रीले एकपछि अर्को असम्बैधानिक कदम चालेको भन्दै बुधबार राजविराजमा मशाल जुलुश प्रदर्शन गरिएको छ ।

जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षको अगुवाईमा स्थानीय हरिनन्देश्वर महादेव मन्दिर प्रांगणबाट निकालिएको मशाल जुलुस नगर परिक्रमापछि जनआन्दोलन चोकमा पुगी कोण सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै पार्टीको मधेश समितिका सचिव दिनेशकुमार यादवले प्रधानमन्त्रीले स्वेच्छाचारी कदम चाल्दै गर्दा राष्ट्रपतिले पनि त्यसमा समर्थन गर्दै आएको आरोप लगाए । जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदारप्रसाद यादव,युवा नेता नवनीत झा,लक्ष्मण यादव लगायतले पनि प्रधानमन्त्रीले चाल्दै आएको प्रतिगामी कदम नसच्याए अझै कडा आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

कोरोना संक्रमणका समयमा पनि यसरी आयोजना गरिएको जुलुशका कारण संक्रमण अझै बढ्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । यद्यपि आयोजकले सामाजिक दूरी कायम लगायत स्वास्थ्यका मापदण्ड पालनाका साथ बिरोध प्रदर्शन गरिएको दावी गरेका छन् ।

प्रतिक्रिया