भाजपा नेता राकेश पण्डितको हत्या

admin

काठमाडौं, २० जेठ : भारतीय जनता पार्टीका नेता राकेश पण्डित सोमनाथको ह’त्या भएको छ । भारतको जम्मू–कश्मीरको पुलवामा जिल्लामा उनको ह’त्या भएको हो । संदिग्ध चरमपन्थी समूहका तीन आतंककारीले उनको ह’त्या गरेको दाबी गरिएको छ ।

घ’टना पुलवामा जिल्लाको त्राल पायीन क्षेत्रमा भएको एएनआईले लेखेको छ । गो’ली लागे लगत्तै घा’इते भएका पण्डितलाई अस्पताल लगिए पनि चिकित्सकहरुले मृ’त घोषणा गरेका थिए ।

सुरक्षा गार्डबिनै आफ्ना साथीलाई भेट्न गएका बेला नेता पण्डितमाथि आ’क्रमण भएको हो । उक्त घ’टनामा पंडितका साथीकी छोरी घा’इते भएकी छिन् । उनको उपचार भइरहेको छ ।

मृतक भाजपा पार्षद पंडितसँग दुई सुरक्षाकर्मी हमेशा साथमा रहन्थे । यो घ’टनापछि राज्यका भाजपा प्रमुख रविन्द्र रैनाले पण्डितको शाहदत खेर नजाने बताएका छन् ।

उनले कश्मीर घाटीमा रगत बगाउने आतंकवादीहरुलाई निमिट्यान्न पारिने बताए । उनले यो एक मानवता र कश्मीरियतको हत्या भएको पनि बताएका छन् । घ’टनाको भाजपाले निन्दा गरेको छ ।

प्रतिक्रिया