इजरायल बेन्जामिन नेतान्याहुको १२ वर्षे शासनकाल अन्त्य हुने

admin

एजेन्सी, २० जेठ : इजरायलमा बेन्जामिन नेतान्याहुको १२ वर्षे शासनकाल अन्त्य हुने भएको छ । विपक्षी दलहरु गठबन्धन सरकार बनाउनका लागि सहमत भएसँगै प्रधानमन्त्री नेतान्याहुको १२ वर्षे शासनकाल अन्त्य हुन लागेको हो ।

विपक्षी दलहरुले रोलक्रमका आधारमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने सहमति गरेका बीबीसीले जनाएको छ । ७१ वर्षका नेतान्याहु इजरायलमा सबैभन्दा लामो समयसम्म सत्तामा रहने नेता हुन् । उनले विपक्षी गठबन्धनको सरकार बने देशलाई खतरा हुने चेतावनी दिँदै आएका छन् ।

विपक्षी गठबन्धनमा सहमति बने पनि नयाँ सरकारले शपथ लिनका लागि संसदमा मत लिनु पर्ने खबरमा उल्लेख गरिएको छ । योसँगै नेतान्याहुको नेतृत्व इजरायलमा अन्त्य हुने सम्भावना बढेको छ । सन् २००९ देखि प्रधानमन्त्रीमा रहेका नेतान्याहुमाथि भ्रष्टाचारको आरोप लागेको छ ।

प्रतिक्रिया