आज सुनचाँदीकै मूल्य बढ्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, २० जेठ : बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबार सुनको मूल्य तोलामा ९४ हजार ९ सय रुपैयाँ तोकेको छ ।

बुधबार सुनको मूल्य तोलाको ९४ हजार ५ सय रुपैयाँ थियो । यस्तै, बिहीबार तेजाबी सुनको मूल्य समेत ९४ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी चाँदीको मूल्य बिहीबार तोलामा १३ सय ७५ रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया