justnep home

पदमुक्त भए जनमोर्चाका प्रदेश सांसद कृष्ण थापा

admin

कास्की, २० जेठ : राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा पदमुक्त भएक छन् । राष्ट्रिय जनमोर्चाले प्रदेश सभा सचिवालयमा थापालाई दलबाट निष्कासन गरेको जानकारी गराएको छ । बिहीबार बस्ने प्रदेश सभा बैठकमा थापालाई पदमुक्त गरिएको सूचना पढेर जानकारी गराउने तयारी छ ।

थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाउन नेपाली कांग्रेसका उम्म्दवारको पक्षमा हस्ताक्षर नगरेपछि उनलाई जनमोर्चाले कारबाही गरेको हो । थापा बाग्लुङ १ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

प्रतिक्रिया