‘कालो ढुसी’ संक्रमणका कारण एक जनाको ज्यान गयो

admin

कैलाली, २० जेठ : कालो ढुसी (म्यूकरमाइकोसिस)को संक्रमणबाट सेती प्रादेशिक अस्पतालमा एक जनाको ज्यान गएको छ । कालो ढुसीको संक्रमणका कारण ज्यान गुमाउनेमा कैलालीको बर्दगोरिया गाउँपालिका-६ का ६५ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।

जेठ १७ गते भर्ना भइ पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आए पनि ती पुरुषको बिहीबार बिहान ज्यान गएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिएका हुन् । कालो ढुसीको संक्रमणले बिरामीको आँखाबाट प्रवेश गरी शरीरका स्नायुमा आक्रमण गर्दै ज्यान नै जाने गराउने श्रेष्ठले बताए ।

प्रतिक्रिया