नेपालले कोरोनाको नयाँ भेरियन्ट भेटिएकोबारे बेलायतसँग जानकारी माग्यो

admin

काठमाडौं, २० जेठ : सरकारले नेपालमा कोरोना भाइरसको नयाँ ‘भेरियन्ट’ भेटिएको दाबी गरिएकोबारे बेलायत सरकारसँग जानकारी मागेको छ । बेलायतको पत्रिका ‘डेली मेल’ ले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको दाबीसहित समाचार सामग्री प्रकाशित गरेपछि नेपालले बेलायत सरकारसँग जानकारी माग गरेको हो ।

नेपालमा नयाँ भेरियन्ट भेटिएकोबारे बेलायत सरकारसँग भएको जानकारी पठाउन त्यहाँको इन्टरनेशनल हेल्थ रेगुलेशनलाई इमेलमार्फत पत्राचार गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिए ।

नेपालमा नयाँ भेरियन्ट भेटिएको बेलायती सञ्चारमाध्यमको दाबीबारे हामीलाई कुनै जानकारी छैन भन्दै उनले नेपालमा अल्फा र डेल्टा भेरियन्ट मात्र भेटिएको प्रष्ट पारे । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएको भन्नेबारे आफूलाई कुनै जानकारी नभएको बताएको छ ।

 

प्रतिक्रिया