आज पाँच हजार ९ सय ४ जना कोरोनामुक्त, थप ७५ जनाको ज्यान गयो

admin

काठमाडौं, २० जेठ : बिहीबार नेपालमा ६ हजार आठ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १८ हजार पाँच सय ६२ पीसीआर र तीन हजार दुई सय ११ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ६ हजार आठ सय २५ जनामा संक्रमण पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अब नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या पाँच लाख ७६ हजार नौ सय ३६ पुगेको छ । अहिले एक लाख एक हजार आठ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् । बितेको २४ घण्टामा पाँच हजार नौ सय चार जना संक्रमणमुक्त भएसँगै अहिलेसम्म निको हुनेको संख्या चार लाख ६७ हजार चार सय ६७ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोना संक्रमणका कारण थप ७५ जनाको ज्यान गएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या सात हजार ६ सय ३० पुगेको छ ।

प्रतिक्रिया