आज नेप्से २९ अङ्कभन्दा धेरैले बढ्यो

admin

काठमाडौं, २० जेठ : बिहीबार नेप्से परिसूचक साढे २९ अङ्कले बढेको छ । परिसूचक २९ दशमलव ५५ अङ्कले बढेर २८ सय ५६ दशमलव ६७ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । १७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

बिहीबार १६ अर्ब ९० करोड ७० लाख रुपैयाँ बराबरका तीन करोड ४६ लाख कित्ता शेयर किनबेच भएको हो । व्यापार, जलविद्युत्, निर्जीवन र अन्य समूहबाहेक अरू समूहको परिसूचक बढेका छन् । सबैभन्दा धेरै विकास बैंक समूहको परिसूचक १४६ दशमलव ०२ अङ्कले बढेको छ ।

नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै एक अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । बिहीबार मन्जुश्री फाइनान्स लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ । पन्चकन्यामाई हाइड्रोपावर लिमिटेड र राधी विद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया