बाढी पीडित ४ शिविरमा खाद्यान्न सामग्री वितरण

admin

कञ्चनपुर, २० जेठ : कञ्चनपुरमा रहेका विभिन्न शिविरमा खाद्यान्न सामग्री वितरण गरिएको छ।

बिहीबार आरक्ष पीडीत शिविर, शुलाफाँटाको शिगास बाढी पीडित शिविर, बेदकोटको सुनौलो शिविर र बेदकोटकै बाढी पीडित शिविरमा खाद्यान्न सामग्री वितरण गरिएको हो।

विश्व हिन्दु महासंघकी उपाध्यक्ष ज्योत्सना साउँद, हिन्दु बाहिनी नेपालका संयोजक सिरोमणी ओझा र विश्व हिन्दु महासंघ सुदूरपश्चिमका संयोजक सम्राट सिंहले संकलन भएको रकमबाट खाद्यान्न सामग्री वितरण गरेका हुन्।

४ वटै शिविरमा गरेर ४० क्विन्टल चामल, १०० किलो दाल, १०० किलो नुन, १०० लिटर तेल र १०० किलो पिठो वितरण गरेको हिन्दु बाहिनी नेपालका संयोजक सिरोमणी ओझाले बताए।

साथै उनले जिल्ला प्रहरी कार्यालय कैलाली, दृष्टी फाउन्डेशन, कञ्चनपुरको बेल्डाडीमा रहेको वृद्धा आश्रम र ट्राफिक कार्यालय कञ्चनपुरमा स्वास्थ्य सामग्री समेत वितरण गरेको बताए।

प्रतिक्रिया