आज एकैदिन पन्ध्र सय घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, २१ जेठ : शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य एकैदिन तोलामा पन्ध्र सय र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले शुक्रबार सुनको मूल्य तोलामा ९३ हजार चार सय रुपैयाँ तोकेको छ । सुनको मूल्य बिहीबार तोलाको ९४ हजार नौ सय रुपैयाँ थियो । गएको आइतबार सुन तोलाको ९४ हजार रुपैयाँ थियो ।

सोमबार दुई सय रुपैयाँले बढेर तोलाको ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार तीन सय रुपैयाँले बढेर ९४ हजार पाँच सय रुपैयाँ पुगेको थियो । बुधबार सुनको मूल्य स्थिर रहेर तोलाको ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तोलामा चार सय रुपैयाँ बढेर ९४ हजार नौ सय पुगेको मूल्य शुक्रबार एकैदिन पन्ध्र सय रुपैयाँले घटेको हो ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रहेको छ भने चाँदीको मूल्य पनि शुक्रबार तोलामा ३५ रुपैयाँ घटेको छ । शुक्रबार चाँदीको मूल्य तोलाको १३ सय ४० रुपैयाँ तोकिएको छ । चाँदी बिहीबार तोलाको १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो । गएको आइतबार चाँदी तोलाको १३ सय ५५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया