अब प्रत्येक बुधबार श्रम कार्यालय खुल्ने

admin

काठमाडौं, २१ जेठ : वैदेशिक रोजगार विभाग श्रम कार्यालय ताहाचल अब प्रत्येक बुधबार खुल्ने भएको छ । बायोमेट्रिक नभएका व्यक्तिहरूको पुनः श्रम स्वीकृतिका लागि मात्र प्रत्येक बुधबार कार्यालय खुल्ने श्रम कार्यालय ताहाचलले जनाएको छ । कोरोना संक्रमण रोकथामका लागि कार्यालयमा उपस्थित भई भौतिक रूपमा लिनुपर्ने सेवाहरू गएको बैशाख २४ गतेदेखि बन्द भएको थियो ।

अहिले सरकारले तीन देशमा सातामा एक पटक उडान हुने गरी नियमित उडान खोलेसँगै विभागले पहिले बायोमेट्रिक नभएका श्रमिकलाई पुनः श्रम स्वीकृति प्रदान गर्न कार्यालय खोल्ने जनाएको छ । कार्यालय बन्द रहेको समयमा पनि पाँच हजारभन्दा धेरैले अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिएका छन् । एक पटक बायोमेट्रिक भएकाले मात्र अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन मिल्छ ।

प्रतिक्रिया