सक्रिय संक्रमितको संख्या एक लाखभन्दा तल झर्‍यो, थप एक सय एक जनाको ज्यान गयो

admin

काठमाडौं, २१ जेठ : नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक लाखभन्दा तल झरेको छ । बितेको २४ घण्टामा आठ हजार ६ सय ६३ जना निको भएसँगै नेपालमा ९७ हजार ६ सय ९९ जनामा झरेको हो । अहिलेसम्म नेपालमा चार लाख ७६ हजार एक सय ३० जना कोरोना संक्रमणमुक्त भइसकेका छन् ।

यस्तै बितेको २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये झन्डै ३२ प्रतिशतभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । १४ हजार एक सय ८२ जनाको पीसीआर परीक्षण गर्दा चार हजार ६ सय २४ जना र ६ हजार ६ सय ३१ जनाको एन्टिजेन परिक्षण गर्दा दुई हजार २९ जना गरी ६ हजार ६ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या पाँच लाख ८१ हजार पाँच सय ६० पुगेको छ । बितेको २४ घण्टामा र यसअघिको विवरण प्राप्त भएको सहित थप एक सय एक जनाको कोरोनाका कारण ज्यान गएको छ । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या सात हजार सात सय ३१ पुगेको छ ।

प्रतिक्रिया