काठमाडौं, २१ जेठ : जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने भएको छ । बालुवाटार स्रोतका अनुसार शुक्रबार साँझ शपथ गराउने गरी सजपा नेतालाई प्रधानमन्त्री केपी ओलीले सरकारमा सहभागी गराउन लागेका हुन् ।
जसपाले राजेन्द्र महतोको नेतृत्वमा नेताहरुलाई सरकारमा पठाउन लागेको हो । महतोलाई उपप्रधानमन्त्रीसहितको कुनै एक मन्त्रालय दिने तयारी ओलीले गरेका छन् । साँझ ६ बजे शपथ गर्नेगरी तयारी भइरहेको स्रोतको दाबी छ ।
जसपाको तर्फबाट शरदसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, अनिल झा, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, एकबाल मिया, रेणुका गुरुङ, चन्दा चौधरी मन्त्री बन्दैछन् ।
जसपा नेता केशव झाका अनुसार राजेन्द्र महतो- उपप्रधान मन्त्री तथा शहरी विकास, शरतसिहं भण्डारी- ऊर्जा, अनिल झा- खानेपानी, बिमल श्रीवास्तव- श्रम, उमाशंकर अरगरिया- युवा, लक्ष्मणलाल कर्ण- भुमिसुधार, चन्दा चौधरी – महिला, एकबाल मियाँ- वन, चन्द्रकान्त चौधरी – उर्जा राज्य मन्त्री, रेणुका गुरुङले महिला राज्य मन्त्रीको रुपमा शपथ लिँदैछन् ।