लमजुङ, २१ जेठ : जिल्लाको राइनास नगरपालिका–८ भैँसीखोलामा ग १ च ५६९४ नम्बरको ट्र्याक्टर पल्टिँदा बाबुको मृ’त्यु भएको छ भने छोरा घा’इते भएका छन् ।
आज बिहान जिल्लाको दोर्दी गाउँपालिका–१ बेलघारीबाट राइनास तीनपिप्ले जाँदै गरेको सो ट्र्याक्टर उक्त स्थानमा पल्टिँदा राइनास वडा नं ४ का ६० वर्षीय रामबहादुर कुमाल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्र’हरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो ।
उहाँका अनुसार २८ वर्षीय एकबहादुर कुमाल घाइ’ते हुनुभएको छ । उहाँहरु नाताले आफ्नै बाबु छोरा रहेको प्र’हरीले जनाएको छ । ट्र्याक्टर चालक छोरा रहेका थिए । प्र’हरीका अनुसार ट्र्याक्टर अनियन्त्रित हुँदा पल्टिएर बाबु छोरा नै च्यापिँ’दा बाबुको मृ’त्यु भएको थियो ।
छोराको हातमा चो’ट लागेको छ । श’व परीक्षण गर्न तथा घाइतेको उपचार गर्नका लागि बेँसीशहर नगरपालिका–८ मा रहेको जिल्ला अस्पताल लमजुङमा ल्याइएको थियो ।