बाल यौ न दुराचार अभियोगमा भक्तपुरबाट दुई शिक्षक प क्राउ

admin

भक्तपुर, २२ जेठ :  १३ वर्षीया किशोरीमाथि यौ’न दुराचार गरेको अभियोगमा भक्तपुर प्र’हरीले दुई शिक्षकलाई प’क्राउ गरेको छ।

सूर्यविनायक नगरपालिका-७, गुण्डुका शिक्षक हरिकृष्ण कोजु र तेक्वान्दो प्रशिक्षक चुलाई मुखिया प’क्राउ परेका हुन्‌। प्र’हरीका अनुसार शिक्षक कोजुले गत मंसिर १६ गते आफ्नै घरमा भोज खान बोलाई ती १३ वर्षीया बालिकामाथि यौ’न दुराचार गरेको आ’रोप लागेको छ।

भक्तपुर सृजनानगर बस्ने तेक्वान्दो प्रशिक्षक मुखियालाई गत फागुन १ गते बिहान भक्तपुरको सल्लाघारीमा प्रशिक्षण दिने क्रममा यौ’न दुराचार गरेको आ’रोप लगाइएको छ।

महानगरीय प्र’हरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरिक्षक दीपक गिरीका अनुसार पीडित बालिकाकी आमाले बुधबार उजुरी दिएपछि कोजु र मुखियालाई प’क्राउ गरिएको हो।

पीडित किशोरीले आमालाई भनेपछि घ’टना सार्वजनिक भएको हो। मुखियाले राम्रोसँग खेल सिकाइदिन्छु भनी सल्लाघारीमा बोलाई एकान्तस्थानमा लगेर यौ’न दुराचार गरेको बताइएको छ। पक्राउ परेका कोजु र मुखियामाथि छुट्टाछुट्टै आवश्यक अनुसन्धान कार्य भैरहेको प्रनाउ गिरीले बताए।

प्रतिक्रिया