justnep home

अब मार्क जुकरबर्गलाई डिनरमा बोलाउने छैन : ट्रम्प

admin

एजेन्सी, २२ जेठ : अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो फेसबुक एकाउण्ट दुई वर्षको लागि निलम्बन (सस्पेण्ड) गरेको विषयमा आपत्ति जनाएका छन् । उनले फेसबुकले आफ्नो एकाउण्ट दुई वर्षको लागि बन्द गराउँदा करोडौँ अमेरिकी नागरिकको अपमान भएको बताएका बीबीसीले जनाएको छ ।

आफूलाई विश्वास गरेर भोट दिने साढे सात करोड अमेरिकीको फेसबुक प्रतिको विश्वास घात भएको पनि उनको भनाइ छ । यस्तै ट्रम्पले आफ्नो एकाउण्ट बन्द गरेको भन्दै फेसबुक कम्पनीका संस्थापक मार्क जुकरबर्गलाई ‘डिनरुमा नबोलाउने समेत बताएका छन् ।

ट्रम्पको ‘सेभ अमेरिका पोलिटिकल एक्शन कमिटी’ले जारी गरेको बयानलाई उद्धृत गर्दै ट्रम्पले जुकरबर्गलाई डिनरमा नबोलाउने बताएको बीबीसीले लेखेको छ । ‘अर्को पटक जब म ह्वाइट हाउसमा हुनेछु, त्यहाँ जुकरबर्ग र उनकी श्रीमतीको लागि डिनरमा बोलाइने छैन’, जारी गरिएको बयानमा भनिएको छ ।

(हिजो) शुक्रबार देखि ट्रम्पको फेसबुक र इन्स्टाग्रामलाई दुई वर्ष सम्मको लागि निलम्बन गरिएको छ । यो भन्दा पहिले गएको जनवरीमा अनिश्चितकालीन रोक लगाइएको थियो । ट्रम्पलाई ट्विटरले पनि प्रतिबन्ध लगाएको छ । यसरी सबै सामाजिक सञ्जालबाट आफूलाई प्रतिबन्ध लाग्दै गएपछि ट्रम्पले गएको महिनादेखि आफ्नै निजी सामाजिक सञ्जाल सञ्चालनमा ल्याएका छन् ।

प्रतिक्रिया