बहुल राज्यको अभिव्यक्ति दिने उपप्रधानमन्त्री राजेन्द्र महतोको पूत्ला दहन

admin

काठमाडौं, २२ जेठ : नेपाललाई टुक्राउने अभिव्यक्ति दिएको भन्दै माधव नेपाल निकट अनेरास्ववीयुले उपप्रधानमन्त्री एवं सहरी सहरी विकास मन्त्री राजेन्द्र महतोको पूत्ला दहन गरेका छन् ।


शनिबार काठमाडौंको नयाँ बानेश्वरमा माधव नेपाल निकट अनेरास्ववीयुका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा बिद्यार्थीहरुले महतोको पुत्ला दहन गरेका हुन् ।

पदभार सम्हाल्दै महतोले नेपाल एकल राज्य नभई बहुल राज्य हुनुपर्ने माग राखेर सरकारमा आएको धारणा राख्नुभएको थियो ।

बिद्यार्थीहरुले मुलुकलाई टुक्राउने अभिव्यक्तिको विरोध गर्दै पुत्ला दहन गरेका थिए । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो ।

हस्तक्षेपका क्रममा पराजुली लगाएत दर्जनबढी बिद्यार्थीहरुलाई प्रहरी नियन्त्रणमा लिएको छ । नेपाल बहुल राज्य हुनुपर्ने महतोको धारणाको विरोध भइरहेको छ ।

प्रतिक्रिया