संसद विघटन सम्बन्धी रिटको सुनुवाई आजदेखि हुँदै

admin

काठमाडौं, २३ जेठ : संसद विघटन सम्बन्धी रिटको सुनुवाई आइतबारदेखि हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वरिष्ठताको आधारमा इजलास गठन गर्ने प्रतिवद्धता जनाएका छन् ।

यसअघिको इजलास विवादमा परेपछि वरिष्ठताका आधारमा इजलास बनाउन न्यायाधीशहरुले दबाब दिएका छन् । प्रधानन्यायाधीश जबराले वरिष्ठताकै आधारमा इजलास बनाउने प्रतिवद्धता जनाएका पनि छन् ।

दोस्रोपटक भएको संसद विघटनको रिट निवेदनको सुनुवाइका लागि ‘पिक एण्ड चुज’का आधारमा इजलास गठन गरेपछि विवादमा तानिएका राणाले गएको शुक्रबार भने वरिष्ठताका आधारमा इजलास गठन गरेका थिए । शुक्रबार नागरिकता अध्यादेशविरुद्ध परेका रिट निवेदनको सुनुवाईका लागि संवैधानिक इजलासमा पेशी तोकिएको थियो ।

प्रतिक्रिया