राजेन्द्र महतोकोविरुद्ध बोलेको भन्दै पक्राउ परेका मण्डललाई रिहाई गर्न माग

admin

काठमाडौं, २३ जेठ : रैथाने एकता परिषद सिराहाले उमेश मण्डललाई बिनासर्त रिहाई गर्न माग गरेको छ । नवनियुक्त राजेन्द्र महतोको विरुद्ध बोलेको भन्दै मण्डललाई शनिबार पक्राउ गरिएको थियो । रैथाने एकता परिषद सिरहाको युवा अध्यक्ष मण्डललाई प्रहरीले अपहरण शैलीमा पक्राउ गरेको भन्दै घोर विरोधका साथ तुरुन्तै बिनासर्त रिहाई गर्न माग गरेको हो ।

अध्यक्ष मण्डलले पछिल्लो चरणमा कोरोना महामारीमा राहत बोकेर जनताको सेवामा घरदैलो कार्यक्रमसँगै नागरिकता अध्यादेशको विरुद्ध रैथाने जागरण अभियान चलाइरहेका छन् । नागरिकता अध्यादेशको विरोध गर्ने क्रममा अध्यक्ष मण्डलले राजेन्द्र महतो इण्डियन नागरिक भएको आशंकामा उनको नागरिकता छानबिन गर्नु पर्ने र उनी वंशज हुन भने मात्रै नेपालको कानुन अनुसार राजनीतिक अधिकार पाउछन् भन्दै जागरण अभियान चलाइरहेका व्यक्ति हुन् ।

त्यसो त तत्कालीन नेकपाकै नेताले छानबिन गरि सत्यतथ्य पत्ता लगाउन सर्वोच्च अदालत र अख्तियारमा समेत निवेदन दिएका थिए । भलै त्यो अहिले तामेलिमा रहेकी भन्ने बुझिएको छ । अहिले फेरि यिनको नागरिकता छानबिन गरिनुपर्छ भनी चौतर्फी रुपमा सरकारसङ्ग माग राख्ने थुप्रै राजनीतिक दल, संघ संस्थादेखि वुद्धिजीवीहरु समेतले आवाज उठाई रहेका छन् ।

यसैक्रममा तराईमा आफ्नो शान्तिपूर्ण गतिविधी गरिरहेको रैथाने एकता परिषदले अहिलेको कोरोना माहामारीमा गरिब निमुखाको घरघरमा गइ राहत समेत वितरण गरिरहेको अवस्थामा मण्डललाई सरकारको ठाडो निर्देशनमा पक्राउ गरिएको बताएको छ । अहिले उनलाई काहाँ र कुन अवस्थामा राखिएको छ त्यो थाहाँ छैन ।

रैथाने एकता परिषदले एक विज्ञप्तिमार्फत् भनेको छ, ‘सत्ता र शक्तिको उन्मादमा अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठेर रैथानेहरुलाई तह लगाइन्छ भन्ने मानसिकताले यदि सरकार डराएरै पक्राउ गरेर तर्साएर नै दबाउने मानसिकतामा सरकार अगाडि बढेको हो भने यो गैरन्यायिक गिरफ्तारीको घोर भत्सर्ना गर्दछ । तत्काल उमेश मण्डलको अवस्था सार्वजनिक गरेर रिहा गर्न रैथाने एकता परिषद माग समेत गर्दछ । पक्राउको विरोधमा रैथाने एकता परिषद सरकारको निर्देशनमा भएको यो गैरन्यायिक गिरफ्तारी र दमनका विरुद्ध प्रतिकार आन्दोलनमा उत्रने समेत जानकारी गराउन चाहान्छौं । अत तत्काल उमेश मण्डलको अवस्था सार्वजनिक गरि निजलाई रिहाइको माग गर्दछौँ ।’

प्रतिक्रिया