आज सात सयले बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, २३ जेठ : हप्ताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ । सुन तोलाको सात सय रुपैयाँले बढेर ९४ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । (अस्ति) शुक्रबार सुन एकैदिन तोलामा पन्ध्र सय रुपैयाँले घटेर तोलाको ९३ हजार चार सय रुपैयाँमा झरेको थियो ।

यस्तै तेजाबी सुन तोलामा आइतबार ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार ३५ रुपैयाँ घटेर तोलाको १३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार तोलामा १५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया