जेष्ठ नागरिकलाई लगाइने भेरोसेल खोपकाे तालिका सार्वजनिक

admin

काठमाडौं, २३ जेठ : काठमाडौं महानगरपालिकाले जेष्ठ नागरिकलाई दिने कोरोनाविरुद्धको खोप लगाउने तालिका सार्वजनिक गरेको छ।

महानगरपालिकाले आइतबार सुचना जारी गर्दै ६० देखि ६४ उमेर समूहका मानिसलाई चाइनिज भेरोसेल खोप लगाउने समय तालिका सार्वजनिक गरेको हो।

जेठ २५ गतेदेखि २९ गते सम्म विहान १० देखि ४ बजे सम्म नजिकको खोप केन्द्रमा गएर खोप लगाउन महानगरपालिकाले अनुरोध गरेको छ।

प्रतिक्रिया