काठमाडौं, २३ जेठ : चुरे क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने सरकारको नीतिको विरोध गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।
काठमाडौंको गोङ्गबु चोकमा उनीहरूले सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेको चुरे क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने नीतिको विरोध गर्दै प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा उनीहरुले सरकार बिरोधी नारा लगाउदै चुरे क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने नीति फिर्ता लिन माग गरेका छन् ।
त्यस्तै उनीहरुले उपप्रधान एवं शहरी बिकास मन्त्रीले राष्ट्रहित बिपरित अभिव्यक्ति दिएको भन्दै नारावाजी गरेका थिए । केहिबेर प्रर्दशनगरेपछि प्रहरीले नेविसंघ महामन्त्री दीपक भट्टराईसहित केही बिद्यार्थीलाई नियन्त्रणमा लिएको थियो ।
https://fb.watch/5YEp1Nr_xa/