राउटे युवतीलाई रक्सी सेवन गराइ अश्लिल भिडियो बनाउने तीन जना पक्राउ

admin

सुर्खेत, २३ जेठ : सुर्खेतमा राउटे समुदायका युवतीहरुलाई होटलमा बोलाएर उनीहरुलाई रक्सी सेवन गराइ अ’श्लिल भिडियो बनाउने होटल सञ्चालकसहित तीन जनालाई प्र’हरीले प’क्राउ गरेको छ ।

प’क्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका २४ वर्षका भूपेन्द्र बुढा, ३५ वर्षीय दोमनबहादुर घर्ती तथा २९ वर्षीय विनोद पुन रहेका छन् । प’क्राउ परेका मध्ये पुन होटल सञ्चालक हुन्। उनीसहित युवाहरुले राउटे युवतीहरूलाई होटलमा बोलाएर उनीहरुको अश्लिल भिडिओ बनाउने गरेको पाइएको जिल्ला प्र’हरी कार्यालयले जनाएको छ ।

राउटे युवतीहरुको भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि सो घट्नाबारे प्र’हरीलाई थाहा भएको हो । प’क्राउ परेकाहरुहमाथि कानुनी कारबाही थालिएको प्र’हरीले जनाएको छ । गुर्भाकोट नगरपालिका ११ आँपसोतीस्थित भेरी नदीको किनारामा राउटे समुदायको बसोबास रहेको छ ।

प्रतिक्रिया